स्वास्थ्यमन्त्री पौडेलद्वारा धौलागिरि अस्पताल निरीक्षण
बाग्लुङ | मंसिर ५, २०८१
गलकोट: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज धौलागिरि अस्पताल निरीक्षण गर्नुभएको छ ।
उहाँले अस्पतालको सेवा प्रवाह, जनशक्ति तथा वर्तमान अवस्थाबारे जानकारी लिनुभएको हो । अस्पताल सुधारका लागि अस्पतालको यथार्थ अवस्था बुझ्न आवश्यक रहेको बताउँदै मन्त्री पौडेलले अस्पताललाई स्तरवृद्धि गर्न आवश्यक रहेको बताउनुभयो ।
मन्त्री पौडेलले अस्पतालको सेवाका विषयमा अस्पतालमा भर्ना भएका बिरामीलाई समेत सोधपुछ गर्नुभएको थियो । उहाँले आकस्मिक कक्ष, बहिरङ्ग सेवा, अन्तरङ्ग सेवा, डायलासिस सेवाकक्षलगायतको अवलोकन गर्नुभएको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा किरण तिवारीले जानकारी दिनुभयो ।
५० श्ययाको अनुमति रहेको अस्पतालको स्तवृद्धि गरी एक सय श्यया बनाउन सहजीकरण गर्ने मन्त्री पौडेलले प्रतिबद्धता जनाउनुभयो । उहाँले प्रदेशअन्तर्गतको अस्पतालको रुपमा रहेको यस अस्पताललाई तत्काल अस्थायी चिकित्सक राखेर भए पनि एक सय श्ययामा स्तरवृद्धिका लागि अनुमति दिने बताउनुभयो ।
“अस्पतालले क्षमताभन्दा बढी सेवा दिएको छ, स्तरवृद्धि भएको छैन प्रदेशले दुई सय श्ययामा स्तरवृद्धि गर्ने योजना बनाएको रहेछ, तत्कालै एक सय श्ययामा स्तरवृद्धि गर्दा सेवा प्रदानमा सहज हुन्छ”, मन्त्री पौडेलले भन्नुभयो, “अस्पतालप्रति जनताको भरोसा धेरै रहेको पाएँ, बिरामीको चाप समेत धेरै रहेछ, उपकरण र चिकित्सक थप गर्न सङ्घ सरकारले प्रदेश सरकारसँग समन्वय गरेर काम गर्छ ।”
पोखरा । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ । पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...

